

पाल्पाबाट ४ बालबालिका र २ महिला हराए



पाल्पा
पाल्पा जिल्लाबाट भदौ महिनामा मात्र ८ जना बालबालिका हराएका छन् । जसमध्ये ४ जना भेटिएका छन् । बाँकी ४ जना हराइरहेका छन् । त्यस्तै ६ जना महिला हराएकोमा ४ जना भेटिएका छन् भने २ जना हराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी भदौ महिनामा भएका घटनाबारे जानकारी गराएको हो । प्रहरीका अनुसार भदौ महिनामा हराएका अन्य ४ जना महिला र ४ जना बालबालिका फेला परेका छन् । त्यस्तै भदौ महिनामा जवरजस्ती करणीका २ वटा उजुरी आएको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा पाल्पामा ५ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । भदौ महिनामा २१ मुद्दा परेकोमा ४ वटा फर्स्योट भएको र बाकी १७ वटा बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विरेन्द्र थापाले जारी गरेको विज्ञप्ति अनुसार भदौ महिनामा १३ सय ३ वटा सवारीलाई कारवाही गर्दा ८ लाख ३३ हजार राजश्व संकलन भएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया