

एमालेकाे विजय अभियान राेक्न गठबन्धनले नागरिकताकाे विषयलाई हतियार बनायाे : पाेखरेल





काठमाण्डाै
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।
बिहीवार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धनले नागरिकताको विषयलाई षड्यन्त्रका रूपमा एमालेविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजेकाे आरोप लगाउनुभयो । नागरिकताकाे विषयमा एमालेको धारणा स्पष्ट रहेकाे उहाँले दाबी थियाे ।
उहाँले भन्नुभयो, ‘एमालेको विजय अभियानलाई रोक्नका लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ । सत्ता गठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रूपमा हेरेको छ । नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ । नेपाली नागरिकले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने सुनिश्चितताका लागि अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला अध्यादेशको माध्यमबाट नागरिकता पाउनबाट वञ्चित भएकालाई सम्बाेधन गर्न एमालेको सरकारले अध्यादेश जारी गरेको थियाे । त्यसलाई रोक्नेहरूले अहिले एमालेले नागरिकता विधेयकमा अवरोध सिर्जना गरेको भनेर प्रचार गर्दैछन् ।’
महासचिव पाेखरेलले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताउनुभयो । उहाँले अहिले नागरिकतामा वैवाहिक अङ्गीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीको बारेमा अरू देशमा के व्यवस्था छ भन्ने कुरा हेर्न गठबन्धनलाई आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकताजस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसद् बाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धन सम्पूर्णरूपमा असफल भइसकेको दाबीसमेत गर्नुभयो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया