

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाण्डाै
२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।
खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।
समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । आजको खेलमा बङ्गलादेशलाई हराउन सकेमा तीन अङ्कसहित सुखद अन्त्य हुनेछ । बङ्गलादेशले भुटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।
समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ । सबै तीन खेलमा जित निकालेको कतार ९ अङ्कसहित शीर्षस्थानमा छ । बहराइनको ७ अङ्क छ । अब कतार र बहराइनमध्ये एउटा टोलीले एसियन कपमा स्थान बनाउनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया