निःशुल्क सेवा लिएसंगै विरामीहरुले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सहकारीले गरेको कार्य उदाहरणिय रहेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सहकारीका पुर्व अध्यक्ष शिवकुमार कार्कीले सहकारीले ईतिहासमा मानवीय कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो ।

त्यस्तै लायन्स क्लव अफ कपिलवस्तुका आई.पि.पि. धातानन्द भुसालले मानवीय र सामाजिक कार्यमा लायन्स क्लव सदैव सहकार्य रहेको बताउनुभयो ।

विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु, बुटवल लायन्स आँखा अस्पताल र भैरव आँखा उपचार केन्द्र लगायत सम्पुर्णलाई सहकारीका अध्यक्ष पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सहकारीले आर्थिक क्रियाकलाप मात्र नभई मानवीय तथा सामाजिक कार्यहरु गर्दै निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रम सहकारीका सचिव सञ्चालन यादव मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।