

बबई र कर्णालीमा बाढी : ६५ भन्दा बढी घरपरिवारलाई गरियो स्थानान्तरण



बर्दिया । बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताए ।
यसैगरी राजापुर—७ बाजुरेली टोलमा डुबान हुँदा तीस घरका मानिसलाई सुरक्षित सामुदायिक वनमा आश्रय लिएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले नजिकको सामुदायिक वनको भवनमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए ।
गेरुवा गाउँपालिका—३ सनकटीघाटमा कर्णाली नदी कटानले व्यापक क्षति पुर्याउन थालेको छ । पहाडी भूभागमा पानी परिरहेको छ । नदी र खोला बढी रहेकोले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीमा माछा मार्ने र काठ ओसार्न नजान सबैलाई आग्रह गरिएको प्रजिअ बास्तोलाले बताए ।
यसैबीच लगातारको वर्षाले बबई नदी र कर्णालीमा सतर्कता तहमाथि पानी बगिरहेको छ । बबईमा ६ दशमलव ४ मिटरमाथि पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ६ दशमलव १० पुग्नासाथ बाढी पस्ने गर्छ । कर्णाली नदीमा ९ दशमलव ७५ मिटर माथि पानी बगिरहेको छ । कर्णालीमा ११ मिटर पानी बगे बाढी पस्ने गर्छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया