

आज विश्वकर्मा पूजा गरिँदै


काठमाण्डौ । आज विश्वकर्मा दिवस मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस मनाउने गरिन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ ।
आज पूजा गरी भोलि नदीमा लगेर मूर्ति सेलाइन्छ । आजका दिन कालीगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ । आज इञ्जिन जडान भएका यन्त्र गाडीमा समेत पूजा आराधना गर्ने गरिन्छ ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया