

सबै छोरीहरुको बिमा गाउँपालिकाले गरिदिने


बाँके । बाँकेको जानकी गाउँपालिकाले प्रत्येक छोरीको बीमा गर्ने भएको छ । गाउँपालिकाले मेरो मुटु बाल जीवन बीमा योजनामार्फत पालिकाभित्रका छोरीहरूको बीमा गर्न लागेको हो ।
२०७९ साउन १ गतेपछि जन्मेका प्रत्येक छोरीहरूको बीमा गाउँपालिकाले गर्ने भएको छ । बीमाको लागि पालिकाले प्रत्येक छोरीको लागि वार्षिक ५ हजार रुपैयाँ बिमांक रकमको व्यवस्था गरिने छ ।
पालिकाको अनुसार सो बीमाको अवधि २० वर्षको हुनेछ । बीमाको लागि गाउँपालिकाले रिलायन्स लाइफ इन्सुरेन्ससँग सम्झौता गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया