

समूह बिजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाण्डाै । साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् । यस्तै अनिशा कार्कीले खेलकाे ७६ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।
याे जितसँगै नेपाल समूह ‘बी’ काे विजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । नेपालले पहिलाे खेलमा भुटानलाई चार–शून्यले हराएकाे थियाे । यही समूहबाट भुटान यसअघि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । यस्तै समूह ‘ए बाट भारत र बङ्गलादेश अन्तिम चारमा गइसकेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया