

महिला साफ च्याम्पियनसिप : बङ्गलादेश सेमिफाइनलमा, पाकिस्तान ६–० गोलले पराजित

काठमाण्डौ । महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेश सेमिफाइनलमा पुगेको छ । काठमाण्डौको दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलले हराएको हो ।
बङ्गलादेशको फराकिलो जितमा कप्तान सविना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एकरएक गोल गरे । सविना जारी महिला साफमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छन् । बङ्गलादेशको लगातार यो दोस्रो जित हो ।
पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई हराएको थियो । पाकिस्तानको लगातार यो दोस्रो हार हो । पाकिस्तान भारतसँग ३–० गोलले पराजित भएको थियो । अर्को खेलमा आजै बेलुका भारत र माल्दिभ्स खेल्दैछन्। खेल साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।
सेमिफाइनल पुग्नको लागि भारतलाई आजको खेल जित्नुपर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा ‘बी’ मा नेपाल, श्रीलङ्का र भुटान रहेका छन् ।
नेपाल र भुटानले एकरएक खेल जितेका छन् । समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्स तथा ‘बी’ मा रहेको श्रीलङ्का अङ्कविहीन छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया