

नेपालमै पहिलो बन्यो लुम्बिनी प्रादेशिक अस्पताल





बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो।
स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ।
अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गरेको हो।
वर्षमा दुईपटक अनुगमन मूल्याङ्कन हुने गरेकामा यसअघि भने कर्णालीको सुर्खेत अस्पताल पहिलो भएको थियो।
अनुगमन टोलीमा कर्णाली प्रदेश निर्देशनालयका फोकल पर्सन, डोटी अस्पताल, काठमाडौँ र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली सहभागी थियो।
लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्यूठान, स्याङ्जा, रुकुम, रोल्पालगायत जिल्लाबाट उपचारका लागि बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन्।
अस्पतालको तथ्याङ्काअनुसार पछिल्लो एक वर्षको अवधिमा तीन लाख चार हजार सात २५ जनाले उपचार गराएका छन्। आर्थिक वर्ष २०७८/७९ मा अस्पतालको बहिरङ्ग रोग विभाग र आकस्मिकबाट सेवाग्राहीले सेवा लिएका हुन्।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया