
पहिलोपटक लायन्स क्लव कपिलवस्तुले आयोजना गर्दै छ, ‘साइकल प्लान व्यालेन्स’ प्रतियोगिता

कपिलवस्तु । लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा हुने साइकल प्लान व्यालेन्स प्रतियोगिताको तयारी गरिएको छ । भदौ २१ गते बसको लायन्स बोर्ड बैठकले गरेको निर्णय अनुसार प्रतियोगिता संचालनका लागि तयारी तिव्र पारिएको लायन्स क्लवका प्रेस संयोजक नबराज बेल्वासेले जानकारी दिएका छन् ।
उक्त प्रतियोगिता बाणगंगाको पर्यटकीय स्थल राजापनी स्थित पोखरीमा गरिने गरी तयारी भएको छ । सुन्दा अनौठो लाग्ने भए पनि प्रतियोगिता निकै रोचक रहने लायन्स कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुले बताए ।
प्रतियोगिता विश्वका धेरै शहरमा अयोजना गर्ने गरिएको भए पनि नेपालमा कमै मात्रामा गर्ने गरिएको छ । यता लुम्बिनी प्रदेशको हकमा भने लायन्स क्लव अफ कपिलवस्तुले पहिलो पटक यो प्रतियोगिता आयोजनाको तयारी गरेको जनाएको छ ।
प्रतियोगिताको मिति तय अझै नभएको र अब बस्ने बैठकबाट तय हुने बताइएको छ । लायन्स कपिलवस्तुले विजया दशमीको अवसरमा यो प्रतियोगिता आयोजनाको तयारी गरेको मिडिया संयोजक बेल्वासेले बताएका छन् ।
प्रतियोगिता आयोजनाका लागि लायन्स क्लवसको आयोजना र बाणगंगा राइड क्लवको समन्य रहेने जनाइएको छ । प्रतियोगितामा जिल्ला बाहिर र जिल्ला भित्रका प्रतियोगिहरुले सहभागिता जनाउने छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया