व्यक्ति र जनतासँग जोडिएका एजेन्डा हेरर जनताले मत दिन्छन् : झाँक्री

नेकपा (एकीकृत समाजावादी) की सचिव रामकुमारी झाँक्रीले आगामी चुनावमा जनताले पार्टी मात्रै नहेरी व्यक्ति र जनतासँग जोडिएका एजेन्डा हेरर मत दिने बताइएकी छन् ।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा गरेको साक्षात्कारमा झाँक्रीले एमालेले ल्याएका पानी जहाज, रेलजस्ता हावादारी गफमा जनता नअल्मलिने टिप्पणी गरिन् । स्थानीय माग र आवश्यकताको आधारमा स्पष्ट एजेन्डा ल्याउनेलाई जनताले मत दिने उनको भनाइ छ ।

मुलकको हितको लागि दीर्घकालीन नीति र एजेन्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धन आवश्यक रहको झाँक्रीको भनाइ थियो । विकास समृद्धि लागि विश्वसका थुप्रै मुलुकहरूले गठबन्धन गर्ने गरेको उनले तर्क गरिन् । नेपालमा देश र जनताको हित सफल हुने उनको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुईतिहाई मतको कदर गर्न नसकेर कर्तव्यच्युत भएको एमालेलाई आगामि चुनावमा जनताले उसको हैसियत देखाइदिने बताए । उनले देशको विकास, आम नेपालीको जीवनस्तर उकास्नको लागि पाँच दलीय गठबन्धन आवश्यक भएको दाबी गरे । आगामी मंसिर ४ गते जनताले गठबन्धनलाई जिताएर पुष्टि गर्ने उनको भनाइ छ ।

एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेन्डा बनाउन खोजेको उल्लेख गर्दै चौधरीले हिजो ओली सरकारले ल्याएको विधेयकलाई जस्ताको तस्तै लैजादा अनावश्यक भ्रम सिजर्ना गरिएको बताए । विधेयक राष्ट्र र जनताको हितमा रहेको उनको तर्क छ ।

प्रतिक्रिया

खबर सबै