

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं
केन्या विरुद्ध टि–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किएको छ ।
क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको थियो ।
नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरेका छन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरेका थिए । नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो राम्रो प्रभाव छोडेका छन् । टि–२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए ।
स्वदेश फर्किएपछि रोहितले केन्या भ्रमण समग्रमा राम्रो भएको बताएका छन् । नेपाली खेलाडीले अझै पनि ब्याटिङमा काम गरिरहेको र टिममा सुधार गर्नुपर्ने उनले भनाइ छ । सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनकाे तर्क छ । रोहितले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको समेत बताएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया