

साफ च्याम्पियनशिप : नेपालसँग भुटान ४-० ले पराजित

काठमाण्डाै साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरिन् ।
याे जितसँगै समूह ‘ए’ रहेकाे नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते साेमवार श्रीलङ्कासँग खेल्नेछ ।
प्रतियोगितामा भाेलि समूह ‘बी’ काे दुई वटा खेल हुनेछ । पहिलो खेलमा दिउँसाे १ बजे भारत र पाकिस्तान खेल्दा दोस्रो खेलमा बेलुकी साढे ५ बजे बङ्गलादेश र माल्दिभ्सले खेल्नेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया