

बेलायतको नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रस नियुक्त

एजेन्सी बेलायतमा नयाँ प्रधानमन्त्रीका रुपमा आज लिज ट्रस नियुक्त हुनुहुने भएको छ । ४७ वर्षीया नेतृ ट्रसलाई बेलायती महारानी एलिजाबेथ द्वितीयाले औपचारिक रुपमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो । उहाँले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रतिस्थापन गर्नुहुनेछ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम चरणमा ऋषि सुनाकलाई ठूलो मतान्तरले पराजित गरी ट्रस विजयी हुनुभएको हो ।
बेलायतको ५६औँ प्रधानमन्त्री बन्न लागेकी ट्रस त्यहाँको तेस्रो महिला प्रधानमन्त्री समेत बन्नुहुनेछ । यसअघि मार्गरेट थ्याचर र टेरिसा मे प्रधानमन्त्री बन्नुभएको थियो । ट्रसले कर कटौती गर्ने आफ्नो प्रतिबद्धता लागू गर्ने र बेलायतलाई मन्दीमा जानबाट रोक्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
बोरिस जोनसन नेतृत्वको सरकारमा उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । यस्तै टेरिसा मे र डेभिड क्यामरनको सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसक्नुभएको थियो । बोरिस जोनसन कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा तानिएपछि राजीनामा दिन बाध्य हुनुभएको थियो ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया