

हिमालयन बैंककाे ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म ?



हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । छिटाे अवधिमा बिक्री नभएपछि म्याद थपेर भदाै २९ गतेसम्म पुर्याइएकाे छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।
यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।
त्यसैगरी, बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गरेकाे छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया