

नेपालको केन्या माथि दोस्रो जित, एक खेल अघि नै शृङ्खला कब्जा

काठमाण्डाै दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे ।
केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक/एक विकेट लिए ।
यसअघि नैराेबीमा टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायाे । नेपालका लागि कप्तान राेहित पाैडेलले ७८ रन बनाए । यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगाेचे र विराज पटेलले दुई/दुई विकेट लिए ।
जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा दुई–शून्यकाे अग्रता लिएकाे छ । याेसँगै नेपालले एक खेलअघि नै शृङ्खला आफ्नाे पक्षमा पारेकाे छ । तेस्राे खेल पर्सि साेमवार हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया