

बुटवल उपमहानगरले बनायो मुलुकमै पहिलो पटक उपबिजेताको कार्यकक्ष



बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो पटक निर्वाचनमा प्रतिद्वन्द्वी उप बिजेताका लागि कार्यकक्षको व्यवस्था गरिएकोे छ । आफैसँग पराजय भएका उपबिजयतासँग पनि सहकार्य र सहमति गर्ने गरि उपमहानगर परिषर भित्रै कार्यकक्ष बनेको नेपालमा यो नै पहिलो हो । उप बिजयतासँगै पूर्व मेयरहरुका लागि पनि छुट्टै कार्यकक्ष स्थापना गरिएको छ ।
संविधानले स्थानीय तहमा विपक्षिको व्यवस्था नगरेको र लोकतन्त्रमा उप बिजयता र विपक्षिको महत्व हुने भएकाले बुटवलबाट उप बिजयताको कार्यकक्ष बनाउन शुरु गरिएको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताए । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले कार्यकक्षको उद्घाटन गरेका छन् । उनले निर्वाचनकै बेला पूर्व मेयर र उपबिजयताका लागि कार्यकक्ष बनाउने घोषणा गरेका थिए ।
बुटवललाई सबैको अपनत्व महसुस गराउने गरी राजनीतिक दल र नगरका पूर्व प्रमुख, उपप्रमुख, उपबिजेताहरुका सम्पर्क कक्ष स्थापना गरिएको उनले बताए । बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीति अंगिकार गर्दै साझा मञ्चका रुपमा स्थापित गर्नका लागि साझा कक्ष स्थापना गरिएको उप महानगरका प्रमूख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताएका छन् ।
उनले सो कार्यकक्षको उपयोग गर्दै उपमहानगरको नेतृत्वलाई सल्लाह, सुझाव र कमजोरी समेत औंल्याइदिन उपबिजयता सहित पूर्व जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
कार्यकक्षको स्थापना गरिएपनि उदघाटन कार्यक्रममा उपविजेता सहित पूर्व मेयरहरु भने अनुपस्थित थिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया