

बाँके– ३ मा खड्का र आरजुसहित ११ जनाको नाम कांग्रेसबाट सिफारिस

बाँके । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ पार्टी उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठोर र प्रधानमन्त्री पत्नी नेतृ डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको हो ।
सुर्खेतका खड्का सुर्खेत–१ बाट चुनाव लड्दै आएका छन् । बर्दियाका राठोरको निर्वाचन क्षेत्र बर्दियाकै क्षेत्र नम्बर २ हो । राणा २०७४ मा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । यसपटक पनि उनी कैलाली ५ बाट एकल सिफारिसमा परेकी छन् ।
यस्तै क्षेत्र नम्बर ३ बाटै अन्य ८ नेताको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । संविधानसभा सदस्य बादशाह कुर्मी, आशा विक पनि सिफारिस भएका छन् । मेघराज वली, लक्ष्मीनारायण शाह, मो. नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेललाई पनि सिफारिस गरिएको क्षेत्रीय सचिव ज्ञानबहादुर वलीले जानकारी दिए । ०७४ मा कांग्रेसबाट कुर्मी चुनावी प्रतिष्पर्धामा थिए । वाम गठबन्धनका नन्दलाल रोकायसँग उनी पराजित भएका थिए ।
यस्तै समानुपातिकतर्फ कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगन बहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुनसिंह पाण्डे, पुष्पा सुनार र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया