

मोटरसाइकल दुर्घटनामा परी बाबुछोराको ज्यान गयो



रुपन्देही । रुपन्देहीको बुटवलमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृतक बाबुछोरा हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३, बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु४१प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु४८प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा बुटवल–१३ बेलवास बस्ने ४० वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा पछाडि सवार १५ वर्षीय आयुष आचार्य भने घाइते भएका छन् । लु४८प ३२४६ नम्बरको मोटरसाइकलका चालक पाल्पा, रामपुर–२ बस्ने २३ वर्षीय अमृत सुनारी मगर पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई मोटरसाइकल ठोक्किएपछि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१क ४४२४ नम्बरको ट्याङ्कर मुनि लु४१प ४१६८ नम्बरको मोटरसाइकल पर्न जाँदा मानवीय क्षति भएको हो । उक्त ट्याङ्करलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया