

एसिया कप क्रिकेट शुरु, आज भारत–पाकिस्तान भिडन्त



काठमाडौं । एसिया कप टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । यूएईको दुबईमा हिजोदेखि शुरु भएको प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनायो । भानुका राजपाक्षेले सर्वाधिक ३८ रन बनाएको इनिङ्समा फजलहक फारोकीले ३ तथा मुजिब उर रहमान र मोहम्मद नाबीले २–२ विकेट लिए । राशिद खान भने विकेटविहीन रहे ।
जवाफमा अफगानिस्तानले १०.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । रहमुल्लाह गुर्बाजले १८ बलमा ४० तथा हज्रतुल्लाह जाजाईले २८ बलमा अविजित रहँदै ३७ रन बनाइन् ।
भारत–पाकिस्तान भिडन्त
आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । १० महिनापछि भारत र पाकिस्तान आमने सामने हुँदैछन् । खेल बेलुकी ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुँदैछ ।
यसअघि सन् २०२१ को अक्टुबर २४ मा विश्वकप टी–२० मा टिम भिडेका थिए । उत्तः खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।
एसिया कपमा पाकिस्तानले भारतविरुद्ध सन् २०१४ पछि कुनै पनि खेल जितेको छैन । पाकिस्तानले सन् २०१६ मा बराबरी गरेको थियो ।
एसिया कपमा अहिलेसम्म भएका १४ खेलमा भारतले ८ खेल जितेको छ । पाकिस्तानले ५ खेल जित्दा एक खेल वर्षाले अवरुद्ध भएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया