

बुटवलबाट प्रचण्डको दाबी, “आगामी निर्वाचनमा गठबन्धन बलियो हुन्छ”



बुटवल । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन बलियो हुने बताउनुभएको छ।
स्थानीय तहको निर्वाचनबाट पाठ सिक्दै गठबन्धन बलियो बनाइने उहाँको भनाइ छ। पार्टी प्रशिक्षणपछि बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पाँच दलीय गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताउनुभयो।
‘‘गठबन्धन र तालमेल भनेजस्तो नभए पनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न दोश्रो निर्वाचन प्रकृया (संविधानसभापछि) को सुरु गर्यो। यसलाई ठूलो सफलता मान्नुहोला, गठबन्धनले मुलुकलाई ठूलो दुर्घटना हुनबाट बचाएको हो’’, दाहालले भन्नुभयो।
स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभएपछि त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्नेसमेत उहाँको भनाइ छ। उहाँले सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न गइरहेको भन्दै त्यसमा सबैले साथ दिन आग्रह गर्नुभयो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया