

टी-२० अन्तर्राष्ट्रिय शृंखला : यस्तो छ नेपाल र केन्याको हेड टु हेड



काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँगको पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज (बिहीबार)खेल्ने तालिका छ ।
नेपाल र केन्याबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । यस्तै टी-२० क्रिकेटमा नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो । नेपालका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको लागि पनि नेपाली टिमबाट यो पहिलो शृंखला हुनेछ ।
यद्यपी भिसा समस्या कारण नेपाली टिमका ११ खेलाडी मात्र हाल केन्या पुगेका छन् । ११ खेलाडीसहित १४ जनाको टोली मंगलबार केन्या पुगेको हो । बाँकी खेलाडी नेपालको खेलअघि नै नैरोबी पुग्ने छन् ।
नेपाल र केन्या दुवै टिमको टी-२० अन्तर्राष्ट्रिय मान्यता भएपछि हुन लागेको पहिलो खेलले दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास लिइएको छ । नेपालले केन्यामा पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेल खेल्ने तालिका छ ।
टी-२० मा हेड टु हेड
नेपाल र केन्याबीच सन् २०१३ पछि पहिलो पटक टी-२० फर्म्याटमा खेल हुन लागेको हो । एकदिवशीयमा नेपाल र केन्या पछिल्लो पटक सन् २०१८ मा खेलेका थिए । तर टी-२० मा भने लामो समयपछि यी दुई टोली भिड्न लागेका हुन् । सन् २०१३ मा युएईमा भएको टी-२० विश्वकप क्वालिफायरमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको थियो । त्यस खेल खेलेका एक मात्र खेलाडी ज्ञानेन्द्र मल्ल अहिले नेपाली टिममा छन् ।
त्यसका खेलमा खेलेका शेम एनगोचे, एलेक्स ओबान्डा, कोलिन्स अबुया, राकेप पटेल, एलिजाह ओटिएनो र नेहेमिह ओडएम्बो अहिले पनि केन्याको टिममा छन् । त्यो खेल नेपालको लागि धेरै अर्थपूर्ण पनि थियो ।
शरद भेषावकरले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई जिताएका थिए । अन्तिम ओभरमा जितका लागि नेपाललाई १७ रन आवश्यक थियो । शरदले अन्तिम ओभरमा तीन छक्कासहित २० रन प्रहार गर्दै नेपाललाई जित दिलाएका थिए ।
कप्तान पारस खड्का र सुबास खकुरेलले ५४-५४ रन अनि शरदको अविजित २३ रन मद्दतमा नेपालले १८३ रनको लक्ष्य दुई अगावै ४ विकेट गुमाएर पूरा गरेको थियो । त्यही खेलबाट शरदले मिस्टर फिनिसिरको उपनाम पाएका थिए । शरदको उत्कृष्ट फिनसिङले केन्याका राकेप पटेलको शतक नै छायामा परेको थियो ।
त्यसअघि सन् २०१२ मा भएको टी-२० विश्वकप क्वालिफायरमा पनि नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । एकदिवशीयतर्फ भने सन् २०१८ फेब्रुअरीमा नामिबियामा भएको विश्वक क्रिकेट लिग डिभिजन टुमा नेपाल र केन्याबीच खेल भएको थियो । उक्त खेल नेपालले ३ विकेटले जितेको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया