

अर्घाखाँचीमा मनाइयाे राेपाई जात्रा





अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठूलापोखरामा रोपाइँ जात्रा पर्व मनाइएको छ ।
भगवान् श्रीकृष्णको जन्म दिनको अवसरमा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी नाच्ने, गाउने गरिन्छ । रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला असारे गीत गाउँदै र नाच्दै रमाइलो गरी मनाइने गरिन्छ ।
द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती पाइने छत्रदेव ६ ठूलापोखरा चौवाको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव धनीश्वर पाण्डेले बताउनुभयो ।
अघिअघि भगवान् श्रीकृष्णको रथ, त्यसपछि सजावट गरेर सिँगारिएका राधाकृष्ण, शिव, गणेश, हनुमान बनाएर भजन कीर्तन गर्दै हिँड्ने चलन छ । जसको पछि–पछि पञ्चेबाजाको तालमा असारे वाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै नाच्ने गरिन्छ ।
छत्रदेव गाउँपालिका ६ ठूलापोखराको चौवामा रहेको राधाकृष्ण मन्दिरबाट यो जात्रा निकालिएको हो । देशका अन्य जिल्लामा गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा गरिए पनि अर्घाखाँचीमा कृष्ण जन्माष्टमीमा मनाइने गरिएको स्थानीय पण्डित नवीन पौडेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया