

बाणगंगाको नवदुर्गा आधारभूत विद्यालयको अध्यक्षमा विनोद क्षेत्री चयन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा मंगलबार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गरिएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच बिनोद क्षेत्री अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ भने सिर्जना सेजवाल अध्यक्ष रहेको शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयले जनाएको छ ।
नव गठित विद्यालय व्यगवस्थापन समितिको अध्यक्षमा क्षेत्री सँगै सदस्यहरुमा क्रमशः कर्णबहादुर थापा, हुम बहादुर दर्लामी, जमुना बि।सी, शान्ता दर्लामी, गोमा गुरुङ र पार्वती सुनार रहनुभएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमूख खिमबहादुर जि।सीको अध्यक्षता सहित वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरीको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयमा सहायक प्रधानाध्यापक भिम थापाको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा शिक्षा शाखा प्रमूख जि।सी र वडा अध्यक्ष गिरीले नव गठित दुबै समितिहरुले अब विद्यालयको चौतर्फी विकासका लागि महत्वपूर्ण काम गरेर देखाउनेमा आफुहरु विश्वस्त रहेको बताउनभयो । यस्तै नव गठित समितिका पदाधिकारीहरुले समेत विद्यालयमो शैक्षिक सुधार तथा गुणस्तर बृद्धीमा प्रतिबद्ध भई लाग्ने प्रतिबद्धता जनाएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया