

शेयर बजार झन्डै १८ अङ्कले घट्यो



काठमाण्डौ – आइतवार १० अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६ दशमलव १६ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्यचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, विकास बैंक अन्य र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय १४ वटा कम्पनीको ६५ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २० करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज जानकी फाइनान्सको शेयर चार प्रतिशतभन्दा धेरै तथा साम्लिङ पावर, एसियन लाइफ इन्सुरेन्स, कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो नेपाल र युनाइटेड मोदी हाइड्रोको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया