

प्रिमियर लिग : म्यानचेस्टर सिटीकाे विजयी सुरुवात



काठमाण्डाै – साविक विजेता म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई २–० गोलले अन्तरले हरायो । वेस्ट ह्यामको मैदानमा सिटीलाई जिताउन एर्लिङ हालान्ड नायक बने ।
खेलको ३६औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका उनले फेरि ६५औँ मिनेटमा अर्को गोल गरे । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् ।
यस्तै, गएराति नै भएको अर्का खेलमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले २–१ गोल अन्तरले पराजित गर्यो । ब्राइटनका लागि पास्कल ग्रोसले खेलको ३० र ३९औँ मिनेटमा गोल गरे ।
यस्तै, म्यानचेस्टर युनाइटेडकै एलिस्टरले खेलको ६८औँ मिनेटमा आत्मघाती गोल गरे । जितसँगै म्यानचेस्टर सिटी र ब्राइटनले ३ अङ्क प्राप्त गरेका छन् । यस्तै, लेस्टर सिटी र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् । लेस्टर सिटी र ब्रेन्टफोर्डले १–१ अङ्क बाँडेका छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया