

पाल्पामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते



पाल्पा । पाल्पाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ७ बजेतिर रामपुर–५, स्थित कालीगण्डकी कोरिडोर अमराइमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रामपुर–५, मटेरीमा डेरा लिइ बस्ने ४५ वर्षका चोकबहादुर ढेँगा रहनुभएको छ । जिप र अटो आपसमा ठोक्किदा गम्भीर घाइते हुनुभएका ढेँगाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी रामपुर–३, का ३७ वर्षीय सुरेन्द्र थापा, सोही स्थानमा १० वर्षीया अन्जली थापा र १२ वर्षकी पुष्पा थापा घाइते हुनुभएको छ । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया