
शेयर बजारमा ओरालो यात्रा

काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि उच्च अङ्कले घटेको छ । हिजो बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय १३ दशमलव ३० बिन्दुमा झर्यो ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, व्यापार, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओराले लागेको छ ।
शेयर बजार उच्च अङ्कले घटेको दिन दुई सय १३ वटा कम्पनीको ६४ लाख १६ हजार कित्ता शेयर दुई अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १५ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि जोशी जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया