
लुम्बिनी प्रदेशमा डेंगीका बिरामीको संख्या बृद्धी

बुटवल । पछिल्लो तीन साता यता कपिलवस्तु सहित लुम्बिनी प्रदेशका विभिन्न अस्पतालमा डेंगी रोगका बिरामीको संख्या बढेको छ । अझ साउन लागेसँगै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगीका बिरामी बढ्दै गएका छन् ।
असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५÷१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए ।
अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए ।
यता कपिलवस्तु जिल्लामा हाल केही व्यक्तिमा मात्रै डेंगि रोग पुष्टि हुने गरेको जिल्ला अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डेन डा. किशोर बञ्जाडेले बताए । कपिलवस्तुमा डेंगीको ठूलो असर यसवर्ष नदेखिए पनि जोखिम भने रहेको उनको भनाइ छ ।
डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक १५÷१६ जनासम्म डेंगीका बिरामी थपिने गरेकोले ज्वरो आयो भने पनि सामान्य ज्वरो होला भनी घरमै नबस्न सुझाव दिन्छन् ।
डेंगीको संक्रमण अलि गम्भीर देखिएको, बान्ता हुने, खाना खान नसक्ने, रगतमा प्लेट्लेट्स घटेको जस्ता बिरामीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको डा. रानाले जानकारी दिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया