

नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेका ७ खेलाडीलाई सर्वकालीन खेलाडीको सम्मान

काठमाडौं । विभिन्न कालखण्डमा नेपालका लागि कीर्तिमानी प्रदर्शन गरेका ७ जना खेलाडीलाई बिहीबार सर्वकालीन खेलाडीको सम्मान प्रदान गरिएको छ ।
सुदीप मिडिया एण्ड इभेन्ट्स प्रालिले सञ्चालन गरेको हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकउत्सवको अवसरमा सातजना खेलाडीलाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
पहिलो अन्तर्राष्ट्रिय पदक विजेता ओलम्पियन जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुदमा म्याराथनतर्फ तीनपल्ट स्वर्ण जितेका कीर्तिमानी बैकुण्ठ मानन्धर, खेलाडी र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुद ९साग० फुटबलको उपाधि विजेता राजुकाजी शाक्य सम्मानित भएका हुन् ।
त्यस्तै पहिलोपल्ट छनोट प्रतियोगिता पार गरी ओलम्पिक खेल्ने संगीना बैद्य, ओलम्पिकमा छनोट पार गरेका तथा सागमा कीर्तिमानी चारपल्ट स्वर्ण जितेका दीपक विष्ट, नेपाललाई टी(२० विश्वकपमा छनोट गराउने टिमका कप्तान पारस खड्का र सागका एकै प्रतियोगितामा सर्वाधिक ४ स्वर्ण जित्ने गौरिका सिंहलाई सम्मान गरिएको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया