
लुम्बिनी प्रदेशमा वार्षिक सरदरमा १ सय कर्तव्य ज्यान सम्बन्धी मुद्दा

बुटवल । लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६र७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७र७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रुपन्देही जिल्लामा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले यहाँ कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया