लुम्बिनी प्रदेशमा वार्षिक सरदरमा १ सय कर्तव्य ज्यान सम्बन्धी मुद्दा

बुटवल । लुम्बिनी प्रदेशमा वार्षिक एक सयको हाराहारीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७६र७७ देखि २०७८र७९ सम्म तीन वर्षको अवधिमा प्रहरीले ३०८ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको जनाएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६र७७ मा प्रदेशका १२ वटै जिल्लामा दर्ता भएका कर्तव्य ज्यान मुद्दाको संख्या ८८ थियो । आर्थिक वर्ष २०७७र७८ मा १२५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा ९५ कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । पछिल्लो तीन वर्षमा रुपन्देहीमा ५६ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।

रुपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले रुपन्देही जिल्लामा सीमा नाका, जनसंख्या धेरै, आर्थिक तथा पारिवारिक कारणले यहाँ कर्तव्य ज्यानसहित अन्य अपराध पनि धेरै हुने गरेको बताए ।

प्रतिक्रिया

खबर सबै