लायन्स क्लब अफ कपिलवस्तुद्धारा पर्यटकीय स्थल राजापानीमा वृक्षरोपण

कपिलवस्तु । लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी र लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा शनिबार (आज) पर्यटकीय स्थल राजापनिमा वृक्षारोपण गरिएको छ ।

लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२२/२३ को सुरुवात स्वरुप पर्यटकीय स्थलमा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष राम शुभागे थारुको अध्यक्षतामा आयोजित वृक्षरोपण कार्यक्रममा राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीको प्रमूख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा यस्तै कार्यक्रममा डेप्युटी सेक्रेटरी ३२५ पि कृष्ण के.सी, रिजन चियर पर्सन सुरेन्द्र घिमिरे र जोन चियर पर्सन लक्ष्मी गैरेको विशिष्ठ आतिथ्यता रहेको थियो भने लायन्स क्लव अफ फिस्टेल सिटी पोखराका उपेन्द्र अधिकारीको समेत विशेष उपस्थिति रहेको थियो ।

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष सीता कँडेल, लियो क्लवका प्रविण गौतम लगाएत ५५ जनाको सहभागिता रहेको कार्यक्रममा राजापानी पर्यटकीय स्थलमा लायन्सले विभिन्न प्रजातीका ५० बढी बिरुवा रोपिएको जनाएको छ । वृक्षरोपण कार्यक्रम संयाेजक मोहन अर्याल सहित सचिव शान्तराज गैरेको संचालन रहेको थियो ।

प्रतिक्रिया

खबर सबै