

९ वटा उद्योगविरूद्ध अखाद्यवस्तु मिसाएको आरोपमा मुद्दा दर्ता



बुटवल । अखाद्यवस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ९ वटा खाद्य उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छ।
एउटा उद्योगले आफूले उत्पादन गर्ने ज्वानो र मसलामा मिसावट गर्नुको साथै लेबल नलगाएको र अनुमति पत्र नलिई उद्योग संचालन गरेको पाइएपछि चारवटा मुद्दा दायर भएका छन्।
नवलपरासीको मध्यविन्दु नगरपालिका वडा १ को आशिर्वाद एग्रो एण्ड फुड्स प्रालिले उत्पादन गर्ने मिट मसला, सब्जी मसला र मिक्स मसलामा भष्ट भेटिएको थियो भने ज्वानोको उत्पादनमा लेबल र अनुज्ञा पत्र नलिएको पाइएपछि चारवटा मुद्दा दर्ता भएका हुन्। आशिर्वाद एग्रो एण्ड फुड्स प्रालीविरूद्ध खाद्य प्रविधिले तीन वटा मुद्दा अदालत र एउटा जिल्ला प्रशासनमा दर्ता गरेको छ। उत्पादनमा अखाद्यवस्तु मिसाएको भन्दै मुद्दा दर्ता हुने अरू उद्योगमा खाद्यान्न र पानीजन्य उद्योग छन्।
खाद्यवस्तुको परिक्षण गर्दा अखाद्यवस्तु मिसाएको पाइएपछि पटकपटक सचेत गराउँदा पनि वेवास्ता गरेपछि मुद्दा नै दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार आशिर्वाद एग्रो एण्ड फुड्ससँगै नवलपरासीको अभिनाश अभिषेक ड्रिङ्स प्रालि, भैरहवाको एक्वा नेपाल विश्लेरी, माया वाटर इण्डष्ट्रिज र एकता बेभरेज इण्डष्ट्रिज छन्।
यस्तै, रूपन्देहीको तिलोत्तमामा रहेका रम्भा फुड प्रोडक्टस्, पी.एम. वाटर इण्डष्ट्रिज प्रालि र झरना फुड्स प्रालि तथा काठमाडौंको कि फुड्स इण्डष्ट्रिज प्रालि छन्। यी सबै उद्योगका संचालकविरूद्ध सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर भएको दाहालले जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया