ईसाझाकुरा आजबाट तेस्रो वर्षमा प्रवेश, यस्तो भन्छन् प्रधान सम्पादक बेल्वासे

ईसाझाकुरा

“भरोसा सबैको अनि सबैको साझा” भन्ने मुल नारा सहित नयाँ सोच बिचारका साथ परिवर्तनका लागि र हरेक नकारात्मक खबर मात्र खबर होइन सकारात्मक खबर पनि समाचार हुन् भन्ने उदेश्यका साथ आज भन्दा ठिक २ वर्ष अगाडी लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिकाबाट साझाकुरा मिडिया ग्रुप अन्र्तगत सञ्चालनमा आएको डिजिटल पत्रिका हो इ साझाकुरा डट कम ।

भर्खर मात्र पत्रकारीताको क्षेत्रमा उदाएकाहरुले पत्रकारीतामा बामे सदै आइरहेको अबस्थामा अनलाइनमा देखिएको विकृति हटाउनका लागि हाम्रो पहल र आवश्यकताको महसुस गर्दै स्थापना गरेको हो इ साझाकुरा डट कम ।

अनलाइनको नाममा अहिले बजारमा च्याउ जस्तै निस्केका विभिन्न नाम मात्रका अनलाइनका तुलनामा केहि फरक तरीकाले पत्रकारिताको क्षेत्र अँगालो छ ई साझाकुरा । सुरुवाती चरणमा अनेकौँ दुखःकष्ट र प्राविधिक सामाग्रीको समस्याले जटिल तरिकाले सुरुवात गरेको साझाकुरा डट कम सुरुवातको वर्षमा नै जिल्लामै उत्कृष्ट हुदै इन्टरनेट रेकिङ्कको आधारमा जिल्लाको पहिलो अनलाइनका रुपमा स्थापित हुन् पाउदा गर्व महसुस गरेका छौँ । त्यति मात्र होइन २०२२ को अन्तिम सम्म एलेक्सा डट कमले सेवा प्रदान गर्दा सम्म पनि हामी लुम्बिनी प्रदेश भरीका अनलाइन मध्ये उत्कृष्ट ५ भित्र समावेश भएका थियौँ ।

समाजमा लुकेका र लुकाइएका खबर पस्कँदै आवाजविहीनहरूको आवाज बनेर फरक बाटोबाट अघि बढ्ने अठोटका साथ हामी आएका हौँ । सुरुवातमा सीमित युवा पत्रकारहरूको टीमको बलमा पत्रकारितामा केही फरकपन दिनु पर्छ भन्ने हुटहुटीका साथ चियागफमा बनेको अनलाइनको योजना अहिले जिल्ला सहित लुम्बिनी प्रदेशमा उत्कृष्ट हुन पुगेका छौँ ।

हामी एक्लैले यो अनलाइन उत्कृष्ट बनाउन सम्भव भएको भने होइन । भनिन्छ नि, थोपा थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै टिमका हरेक साथीहरु रातदिन, घामपानी नभनि निरन्तर मिहेनत गरेकै कारण आज यो स्थान सम्म आएका छौँ ।

अहिले पनि जिल्लामा पत्रिका, टेलिभिजन र रेडियो हाबी रहेको अवस्थामा अनलाइनका लागि सूचना दिनका लागि समेत स्रोत हिच्किचाउने अवस्था रहेको छ । २०७२ पछिमात्रै सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमन प्रक्रियालाई व्यवस्थित गर्न “अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका” ल्याएको भएता पनि अझै पनि सरकारी निकायले अनलाईन पत्रिका र रेडियो, टेलिभिजन तथा कागजी पत्रपत्रिकालाई हेर्ने दृष्टिकोण आकाश धर्तिको फरक रहेको छ ।

हाल सम्म सूचना विभागमा दर्ता भएका अनलाइन सञ्चारमाध्यम ३ हजार बढी नाघिसकेको भएता पनि झोले अनलाइन प्रविधिले व्यवस्थित अनलाइन मिडिया ओझेलमा पारेको महशुस गरेका छौँ । आम जनमानसमा परिवर्तन भएको पठनशैलीले पछिल्लो समय अनलाइन पत्रकारिता आमसञ्चारको अभिन्न अंग बन्न पुगेको कुरालाई कसैले होइन भन्न सक्ने अवस्था छैन् ।

सुरुवाती चरणमा सूचना दिन हिचकिचाउने तिनै स्रोत अहिले इसाझाकुरामा समाचारले स्थान पाओस् भन्ने अपेक्षामा रहेको अनुभव गरेका छौँ । अनलाइन पत्रकारिताप्रति पाठकको रुचि र चासोको परिणामस्वरुप वर्तमान अवस्थामा अनलाइन माध्यम पत्रकारिताको मूलधार बनेको छ । परम्परागत सञ्चारमाध्यमलाई अनलाइन मिडियाले ओझेलमा पारेको देखिएता पनि अनलाइन मिडिया हेर्न नजर भने अझै परिवर्तन नभएको पाइएको छ ।

अनलाइन सञ्चारमाध्यमले अहिले परिष्कृत र विविधतापूर्ण समाचार सामग्री पस्किन थालेका छन् । ईसाझाकुराले बेथिति, अनियमितता, भ्रष्टाचारविरुद्ध सशक्त रुपमा दुई वर्षको यात्रामा कलम चलायो र निरन्तर रुपमा चलाउन्छ पनि । पाठकलाई केन्द्रमा राखेर सबैको बने पनि ईसाझाकुराले निरन्तर निमुखा र परिवर्तनको पक्षको पक्षपोषण गर्दै आएको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमान रक्षाको पक्षमा उभिने हाम्रो अभियान संविधानको सर्वोच्चता, समावेशी समानुपातिक लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक र अधिकार अविछिन्न राख्न लागिपर्ने नीति लिँदै आएको स्मरण गराउन चाहान्छौँ । पाठकलाई छिटो र विश्वसनीय तवरले समाचार, विचार र विश्लेषणसहितका सामग्री प्रवाह गर्न समय अनुसार प्रविधिको समेत उचित प्रयोग गर्दै आएका छौँ ।

पाठकको रुचि र चाहनालाई आत्मसात् गर्दै अक्षरहरु मात्रै नभई भिडियो सामाग्रीलाई पनि स्थान दिदै आएका छौँ भने निटकमा प्रत्यक्ष प्रशारण दिने गरी हाम्रो टिमले निरन्तर काम गरि रहेको छ । हामीले २०७८ साउन १४ गते कोरोना कहरको समयमा चालेको बाटो सहज भने थिएन । तर, आज ईसाझाकुरासँग दिनहुँ हजारौँ हजार पाठक जोडिएको पाउँदा टिमले मिहेनतको फल साच्चै मिठो हुने रहेछ भन्ने अनुभव गरेका छ ।

हामीलाई यहाँ सम्म पुराउने विशेष भुमिका खेल्ने प्रबन्ध निर्देशक, सम्पादक, लुम्बिनी प्रदेश प्रमुख, आइ.टी विभागका साथीहरु, समाचार प्रमुख, बजार प्रमुख, संवाददाताहरु प्रति आभार प्रकट गर्दछौँ । अझ उत्कृष्ट लोगो बनाएर थप हौसला प्रदान गनेृ ग्राफिक डिजाइनर प्रति विशेष आभार प्रकट गर्दछौँ ।

ईसाझाकुराको दुई वर्षको निरन्तर यात्रामा साथ दिने ईसाझा टिमका साथीहरु सहित विज्ञापन दाता, पाठकवर्ग, शुभेच्छुकहरुमा निरन्तर मायाको अपेक्षा राख्दै दोस्रो वार्षिकोत्सवको हार्दिक शुभकामना ।

प्रतिक्रिया