

रुपन्देहीमा एक हजार चोरेको भन्दै श्रीमतिको गरे श्रीमानले विभत्स हत्या



रुपन्देही । साउन ११ गते बिहान करिब साढे नौ बजेको समयमा कञ्चन गाउँपालिका १ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परिन् । सो सुचना पाएपछि ईलाका प्रहरी कार्यालय सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको टोली खटियो । घटना स्थलमा मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा रगत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा निलडामहरु समेत देखिएको मृत शरिर फेला परेको घटना स्थलमा पुगेको प्र्रहरी टोलिले देख्यो ।
प्रहरीले आवश्यक प्रकृया पश्चात शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठायो भने भने घटना शंकास्पद देखिएकोले मृतकको श्रीमान बर्ष ३३ को यम बहादुर थापालाई आवश्यक अनुसन्धानको लागि तत्कालै निजकै घरबाट ईलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा लियो ।
अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आई सुतेकोमा उनकी श्रीमति सावित्री थापाले घटनाको अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१ हजार लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा खाटमा सुतेको खुल्न आयो ।
रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । आरोपित यम बहादुर थापा क्षेत्रीलाई इलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताएका छन्।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया