

लुम्बिनी प्रदेश : चार वर्ष रिक्त रहेका विषयगत समितिको पूर्णता



कपिलवस्तु । झण्डै चार वर्ष रिक्त रहेका लुम्बिनी प्रदेश सभाका विभिन्न विषगत संसदीय समितिलाई पूर्णता दिइएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको हो । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको छ ।
६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै समितिले सभापति सर्वसम्मत चयन गरेका हुन् ।
बिहीबार भएको निर्वाचन प्रक्रियाबाट एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी सार्वजनिक लेखा समितिको सभापति भएका छन् । यस्तै, एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापति, एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति बनेका छन् । यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन भएकी छन् ।
प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया