

लुम्बिनी प्रदेश : चार वर्ष रिक्त रहेका विषयगत समितिको पूर्णता



कपिलवस्तु । झण्डै चार वर्ष रिक्त रहेका लुम्बिनी प्रदेश सभाका विभिन्न विषगत संसदीय समितिलाई पूर्णता दिइएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेको समयमा लुम्बिनी प्रदेशका विभिन्न विषयगत संसदीय समितिलाई बिहीबार पूर्णता दिइएको हो । डेढ वर्षदेखि रिक्त रहेका ४ विषयगत समितिको नेतृत्व बल्ल चयन भएको छ ।
६ विषयगत समितिमध्ये अर्थ, उद्योग तथा पर्यटन समिति, कृषि, वन तथा वातावरण समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समिति नेतृत्वविहीन थिए । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले दिएको जानकारी अनुसार ती समितिका सभापतिमा एकल उम्मेदवारी परेको थियो । बिहीबार ती चारै समितिले सभापति सर्वसम्मत चयन गरेका हुन् ।
बिहीबार भएको निर्वाचन प्रक्रियाबाट एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थी सार्वजनिक लेखा समितिको सभापति भएका छन् । यस्तै, एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापति, एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति बनेका छन् । यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन भएकी छन् ।
प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया