

भैरहवामा आज पहिलो चार्टर्ड उडान हुँदै



काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक रुपमा सञ्चालनमा आएको दुई महिनापछि आज पहिलो चार्टर्ड उडानरअवतरण हुँदैछ ।
भियतनामको नोइ बाइ इन्टरनेशनल एअरपोर्टबाट दुई जना भिक्षु यात्रु बोकेर आउने १२ सिटे प्राइभेट जडाज काठमाण्डौ हुँदै भैरहवामा अवतरण हुन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक एवम् सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाज मौसमले साथ दिएमा सवा १२ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
पाँच दिन पार्किङमा रहने जहाज साउन १६ गते काठमाण्डौ हुँदै भियतनाम फर्कने उडान तालिका रहेको पनि उहाँले बताउनुभयो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान मात्रै हुँदै आएका थिए ।
गएको जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएसँगै भैरहवा विमानस्थलबाट अहिले जजिरा एअरवेजले मात्रै उडान गरिरहेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया