

अपहरण गरेकाे आराेपमा कपिलवस्तुका एक सहित ६ जना पक्राउ



दाङ । तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दैलेखको चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा उनीहरू समातिएका हुन् ।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. ४ निवासी ३५ वर्षीय लीला विक, सोही ठाउँका ३५ वर्षीय नेवबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २६ वर्षीया निर्मला विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी २५ वर्षीय सुकलाल विक, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ९ निवासी २० वर्षीय मनोज थारु र गाडी चालक प्युठान जिल्ला घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने २४ वर्षीय जनक कुँवर रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ ।
प्रहरीले अपहरणमा संलग्न बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । व्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूले विकको अपहरणका लागि निर्मलालाई प्रयोग गरेको प्रहरीको भनाई छ । सुनियोजित रुपमा दैलेख घर भएका केशवलाई बुटवलमा भेट्न बोलाउनका लागि उक्त समूहले निर्मलालाई प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।
‘केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर, त्यहाँबाट दाङ ल्याएर तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखेर दैलेखमा रहेकी केशवकी श्रीमतीलाई फोन गरेर पैसा माग्ने गरेको भन्ने सूचना प्रहरीले प्राप्त गरेपछि प्रहरी खोजी कार्यमा जुटेको थियो’,प्रहरी प्रमुख काफ्लेले भने,‘ अनुसन्धानका क्रममा प्रहरीले साँझ उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।’
प्रहरी प्रमुख काफ्लेका अनुसार केशवकी श्रीमतीले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई फोन गरेपछि डिएसपी श्यामु अर्यालको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उनीहरूलाई मंगलबार साँझ नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा पक्राउका परेका मध्ये सुकलाल, मनोज र केशव साउदीमा सँगै बसेको र लेनदेनको कुरा भएकाले त्यो नमिलेपछि अपहरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी प्रमुख काफ्लेले बताउनुभएको छ । विदेशमा रहेको हिसाब मिलाउनका लागि सुकलाल र मनोजले केशवलाई अपहरणको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । गाेरखापत्रबाट ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया