

मायादेवी गाउँपालिकाले दियो नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन



भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ।
गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए। व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताए।
कुपन अनुसारको पेट्रोल ८ गते साझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ। मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभएपनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ। ‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौ जसले कुपन ल्याउछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौँ,’ पम्पका प्रतिनिधिले भने।
तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारयण पाल होइनन्, प्रशासकीय अधिकृत तिम्लिसिनाले तेल वडाध्यक्षले नै हालेको दाबी गर्छन्।
– न्युज कारखाना


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया