

बाँकेमा एक नव विवाहिता दम्पती मृत फेला


दाङ । बाँकेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन्।
बाँकेको कोहलपुर नगरपालिका १४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए।
यो जोडीले हालसालै बिहे गरेको खुल्न आएको डिएसपी न्यौंपानेले बताए।
‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ डिएसपी न्यौंपानेले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका नब विवाहित दम्पत्ति मृत फेला परेका हुन्।’
आफू घटनास्थलमै रहेको तथा घटना संकास्पद रहेको डिएसपी न्यौंपानेले जानकारी दिए।
कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको थियो। ‘पोष्टमार्टम नहुँदासम्म घटनाबारे भन्न सक्ने अवस्था छैन,’ डिएसपी न्यौंपानेले भने, ‘ सरसर्ती नियाल्दा विषादी सेवन गरी आत्महत्या गरेको जस्तो घटना देखिदैन।’
शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया