

नेप्से साढे ५४ अङ्कले बढ्यो, ८ वटा कम्पनीको सर्किट, ४ अर्ब १० करोड रुपैयाँको कारोबार



काठमाण्डाै
हिजो ६१ अङ्कले बढेको शेयर बजार आज पनि साढे ५४ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकम पनि निकै बढेको छ । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । आज म्युचुल फन्ड समूहका केही कम्पनीको शेयर भने घटेको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया