
खरानी पनि आयात हुन्छ भन्ने सुन्दा दुःख लागेकाे छ : सभामुख सापकाेटा

काठमाण्डाै
सभामुख अग्निप्रसाद सापकोटाले नेपालमा खरानी पनि आयात हुन्छ भनेकाे सुन्दा दुःख लागेकाे बताउनुभएकाे छ । आज साेमवार काठमाण्डाैमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो । उहाँले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्बर भूमिमा दुई खर्ब ५० करोड रुपैयाँको खाद्यवस्तु आयात हुनु दुःखद भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी कति बिडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउनेले चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैँ अचम्मित छु । दुई खर्ब ५० करोड रुपैयाँको हामी खाद्यवस्तु आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ?’
सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तर्विराेध मडारिन थालेको बताउनुभयो । उहाँले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताउनुभयो । नेपालमा पनि राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ थियाे ।
सभामुख सापकोटाले जलवायु परिवर्तनको शिक्षालाई राम्रोसँग अध्ययन गर्न नसके र यसका असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने धारणा राख्नुभयाे । उहाँले नेपालले अहिले हरित क्रन्तितिर नै ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया