

बुटवलमा जसपाका केन्द्रिय सदस्यहरुको बैठक, उपेन्द्रको कार्वाही खारेजको घोषणा





कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश भित्रका केन्द्रिय सदस्यहरुले शनिबार बुटवलमा एक बैठक बसी प्रेस विज्ञप्ति जारी गरेका छन् ।
उनीहरुको सम्पन्न बैठकले पार्टीको नेतृत्व, विचार, संगठनका सवालमा स्वस्थकर, मैत्रीपूर्ण, विचारधारात्मक संघर्ष, भइरहेको सन्दर्भमा यस प्रकारका समस्याहरुलाई संघर्षरत पक्षहरुसँग सघन संवाद गरी हल गर्नुको बदला पार्टीका कार्यकारी अध्यक्षले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगाएत ९ जना केन्द्रिय कार्यकारी सदस्यहरुलाई अल्पमतले स्वयक्षाचारी र निरंकुश ढंगले अनुशासानको कार्वाही गरेको भन्दै उक्त निर्णयको तिब्र शब्दमा निन्दा र भत्र्सना गर्दै खारेजको घोषणा गरेको छ ।
यस्तै गत असार २८ र २९ गते पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईद्धारा काठ्माण्डौमा आह्वान गरिएको केन्द्रिय सदस्यहरुको विस्तारित बैठकले गरेका निर्णयहरुलाई लुम्बिनी प्रदेश समितिले समर्थन गर्ने जनाइएको छ भने त्यसलाई कडाइपुर्वक कार्यान्वयन गर्ने गराउने बैठकमा सहभागी केन्द्रिय सदस्यहरुले प्रतिबद्धता समेत जनाएका छन् ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय नेतृत्वमा पार्टी अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई लगाएतका नेताहरुलाई कार्वाहीको घोषणा गरेपछि यसको असर प्रदेश सम्म देखिएको छ । जसका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका जसपा नेताहरुले सो बैठक बसेका हुन ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता दानबहादुर चौधरी, केन्द्रिय सदस्य गोबिन्द चौधरी, चिनक कुर्मी, कमल खनाल, विष्णुहरि शर्मा, नारायण खनाल, यज्ञ पोख्रेल, देवेन्द्र पाण्डेय, हिकमत बि.क, वेद प्र आचार्य, गजाघर सुनार, हरि रिजाल, जि.एस. गुरुङ, कर्णध्वज के.सी, जीतमान पुन, उपेन्द्रलाल कामी, तेजेन्द्र थापा, गोकर्ण थापा, किस्मत वि.क, अब्दुल रहमान, विमल गिरी, पंकज राई, उमाशंकर यादव, सुनिता काफ्ले, उर्मिला पाण्डे, बिरेन्द्र हरिजन, सुरेन्द्र पटेल, छन्द पन्थी, राजु नेपाली, शुभाष पाण्डेय अतिउल्लाह मुसलमान, डा. मुक्ति रिजालको उपस्थिति रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया