

६ दिन देखि गाउँपालिकामा लागेको ताला खुलेन



बुटवल । करारमा कार्यरत रोजगार संयोजकलाई हटाएको विषयलाई लिएर नेपाली कांग्रेसले गैडहवा गाउँपालिकामा लगाएको ताला अझै खुलेको छैन। ६ दिनदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कक्षमा ताला लागेको छ ।
ताला लगाएपछि गाउँपालिकाबाट हुने सेवा प्रवाह प्रभावित भएको छ । रोजगार संयोजक मनिषा कार्कीको कार्यसम्पादन सन्तोषजनक नभएको र गाउँपालिकाले मागेको जवाफ समेत चित्त बुझ्दो नआएपछि करारको समय थप नगरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले बताएका छन् ।
‘अरु कुनै पनि करारका कर्मचारीहरुलाई हटाएका छैनौँ’, पौड्यालले भने,‘यहाँ अनावश्यक राजनीति गर्न खोजिएको छ । सहमती गर्ने प्रयास भइरहेको छ तर अझै सहमती जुटेको छैन।’ ६ दिनदेखि कर्मचारीहरु कार्यालयमा उपस्थित भए पनि हाजिर गर्न नपाएको गाउँपालिका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए । ‘शाखाबाट हुने सामान्य कामबाहेक मुख्य काम ठप्प छन’,उनले भने ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया