

६ दिन देखि गाउँपालिकामा लागेको ताला खुलेन



बुटवल । करारमा कार्यरत रोजगार संयोजकलाई हटाएको विषयलाई लिएर नेपाली कांग्रेसले गैडहवा गाउँपालिकामा लगाएको ताला अझै खुलेको छैन। ६ दिनदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको कक्षमा ताला लागेको छ ।
ताला लगाएपछि गाउँपालिकाबाट हुने सेवा प्रवाह प्रभावित भएको छ । रोजगार संयोजक मनिषा कार्कीको कार्यसम्पादन सन्तोषजनक नभएको र गाउँपालिकाले मागेको जवाफ समेत चित्त बुझ्दो नआएपछि करारको समय थप नगरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले बताएका छन् ।
‘अरु कुनै पनि करारका कर्मचारीहरुलाई हटाएका छैनौँ’, पौड्यालले भने,‘यहाँ अनावश्यक राजनीति गर्न खोजिएको छ । सहमती गर्ने प्रयास भइरहेको छ तर अझै सहमती जुटेको छैन।’ ६ दिनदेखि कर्मचारीहरु कार्यालयमा उपस्थित भए पनि हाजिर गर्न नपाएको गाउँपालिका सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिए । ‘शाखाबाट हुने सामान्य कामबाहेक मुख्य काम ठप्प छन’,उनले भने ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया