अबैध गाँजासहित दुईजना सालझण्डी प्रहरीको नियन्त्रणमा

कपिलवस्तु । इलाका प्रहरी कार्यालय सालझण्डीले डेढ किलो गाँजासहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सैनामैना नगरपालिका वडा नं। १० झिमपुरका २७ बर्षीय रोशन थारुले आफ्नै घरमा अबैध लागुऔषध गाँजा लुकाई छिपाई राखि बिक्री बितरण गरेको भन्ने गोप्य सूचनाका आधारमा सालझण्डी प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय सालझण्डीको एक टोली साउन ३ गते थारुको घर खानतलासी गर्न पुगेको थियो । जुन बेला प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा १ के.जी. ३६० ग्राम सुकेको तयारी अबस्थाको लागुऔषध गाँजा फेला पारेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए । थारुलाई नियन्त्रणमा लिई लागुऔषध ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान गरिएको मरासिनीले जनाएका छन् ।

यसैबीच सोही दिन सैनामैना नगरपालिका वडा नं. ५ बालापुरका २७ बर्षीय कमल कुमालको घरबाट २०४ ग्राम सुकेको अवस्थामा रहेको गाँजा फेला पारेको प्रहरीले जनाएको छ । कुमाललाई पनि पक्राउ गरी लागुऔषध ऐन अन्तर्गत म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

खबर सबै