

पारित भयो तिलोत्तमा नगरपालिकाको बजेट



रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः नगरसभाबाट बजेट पारित भएको छ । आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित गर्न समस्या भएको थियो ।
मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको हो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ । नगरसभाले आर्थिक वर्ष २०७९र८० का लागि उपप्रमुख जगेश्वरी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।
मंगलबार बसेको नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।
यस्तै, लेखा समितिमा एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल ९एमाले० र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र) सदस्य छन् । काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका काँग्रेस र बालकृष्ण लम्साल एमाले सदस्य रहेको विधायन समिति पनि गठन भएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया